राहुल देव सापकोटा, रुपन्देही । रुपन्देहीको भलवारीमा लियो कलब अफ भलवारी सिटिले दोस्रो हरि स्मृति निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
पुस ९ गते शनिबार भलवारीस्थित प्रभात आधारभूत विद्यालयको प्रांगणमा शिविर आयोजना गर्ने क्लबका अध्यक्ष मधु भण्डारीले बताए ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसीएमएस) भैरहवा, लुम्बिनी आँखा उपचार केन्द्र र गिताञ्जली प्रिन्टर्स (छापाखाना) भलवारी, रुपन्देहीको सहयोगमा शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने क्लबका संस्थापक अध्यक्ष रविन जोशीले जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष लियो रबिन जोशीका बुवाको स्मृतीमा हुन लागेको शिविरमा मधुमेह जाँच, दन्त तथा आँखा जाँच एवं परामर्श, चिकित्सकीय (फिजिसियन) सेवा, हाडजोर्नी, नाक, कान, घाटी जाँच, महिला रोग विशेषज्ञ सेवा तथा आवश्यकता अनुसार औषधी तथा चश्मा वितरण गरिने कार्यक्रम संयोजक नितिन जैसवालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology