Logo

२०८३, कार्तिक २५गते


images
images

केरवानी माविको प्रधानाध्यापकमा निर्मल ढुङ्गाना नियुक्त

केरवानी माविको प्रधानाध्यापकमा निर्मल ढुङ्गाना नियुक्त

images
  • केरवानी माविको प्रधानाध्यापकमा निर्मल ढुङ्गाना नियुक्त
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा निर्मल ढुङ्गाना नियुक्त भएका छन । शुक्रवार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सह- प्रधानाध्यापक ढुङ्गानालाई प्रधानाध्यायापकको जिम्मेवारी सुम्पेको हो।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माले राजिनामा दिएपछी कार्यबाहक प्रधानाध्यापकको जिम्मेवारी सम्हालीरहेका ढुङ्गानालाई समितिले प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएको विद्यालय व्यवस्थापन समिति सदस्य धना सापकोटाले जानकारी दिईन ।

    images
    images
    images

    वि सं २०५८ सालबाट शिक्षण पेसामा आबद्ध ढुङ्गाना २०७१ सालमा मावि शिक्षकको स्थायी दरबन्दीमा नाम निकाल्न सफल भएका थिए। केहि समय अघि मात्रै उनी माध्यमिक तहको दोस्रो श्रेणीमा बढुवा समेत भएका थिए।

    images
    images

    अहिले ४० वर्षका युवा शिक्षक प्रधानाध्यापकमा नियुक्त भएपछी विद्यालयका शिक्षक एव विद्यार्थीहरू उत्साहित देखिएका छन् ।

    केरवानी माविलाई नेपाल सरकारले नमुना विद्यालय बनाउनका लागि सुचिकृत गरेको छ र अहिले सोहि योजना अन्तर्गत २१ कोठे भवन निर्माणको काम धमाधम सुरु भैरहेको छ ।

    केरवानी माविमा १२०० विद्यार्थी अध्ययनरत छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्मल ढुङ्गाना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।