उद्योग देखी निस्केको कालो धुलो व्यवस्थापन गर्नेगरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गर्दै आएको स्थानीय रामु भट्टराईले बताए।
उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुकासाथै लगाएका तरकारी, घर भित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छ्न् ।
उद्योगले आफुसङ गरेकाे सहमति कार्यान्वयन नगरे सम्म ताला नखोल्ने स्थानीयले चेतावनी दिएका छ्न्।