Logo

२०८३, आश्विन १०गते


images
images

सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध

सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध

images
  • सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध
    images
    images

    बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् । 

    images
    images
    images

    साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताए । 

     

    नेकपा  (एमाले) सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको भन्दै यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।