Logo

२०८३, आश्विन ९गते


images
images

गजल- सु-शान्तीको आभास छैन...

गजल- सु-शान्तीको आभास छैन...

images
  • सेतोमसी सहकर्मी
  • गजल- सु-शान्तीको आभास छैन...
    images
    images

    सु- शान्तीको आभास छैन सवको ज्यान धराप मा छ।
    अधिकार को कुरै छोंडौ झन् संविधान धराप मा छ।

    images
    images
    images

    सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली हौं,
    रिमिक्स हुन सक्छ यो पनि राष्ट्रिय गान धराप मा छ।

    images
    images
    images

    नेपाल आमाको छाती माथी परेड खेल्दैछन विदेशी,
    हेर्नोस दशगजा अनि सुस्ता को मैदान धराप मा छ।

    images
    images
    images

    जसको दिमाग मा गोवर छ उसको हातमा सत्ता छ,
    कस्ले वनाउने हो देश देशको स्वाभिमान धराप मा छ।

    गुन्यौ चोली विर्सिईन उनी मिनिस्कर्ट नी हो की होईन,
    विचरा उनको कामुक पहिरन मुस्कान धरापमा छ।

    खोज आविस्कार गर्छ मान्छे सहज अनि विकासको निम्ती,
    सुविधा संगै चुनौती पनि छन् विज्ञान धराप मा छ ।


    अशोक गौतम "क्षितिज"
    बुटवल रुपन्देही ।
    हाल- पपुवा न्युगिनी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।