Logo

२०८३, श्रावण ३०गते

images
images

पोखरा महानगरपालिकाको नगर सभा स्थगित  

पोखरा महानगरपालिकाको नगर सभा स्थगित  

images
  • सेतोमसी सहकर्मी
  • पोखरा महानगरपालिकाको नगर सभा स्थगित  
    images
    images

    राजेश  पराजुली, पोखरा । वडाध्यक्षले सदस्यलाई जातिय विभेद गरेको विषयले पोखरा महागनरपालिकाको १२ औँ नगरसभा स्थगन हुन पुगेको छ । जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्नुपर्ने भन्दै कार्यापालिका सदस्यले रोष्टममा पुगेर भाषण गरे पछि पोखरा महानगरको नगरसभा स्थगन हुन पुगेको हो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभाको कार्यसूची भन्दा वाहिर गएर कार्यपालिका सदस्यले रोष्टमबाट भाषण गरेको भन्दै सभा बहिष्कार गरे ।

    images
    images
    images

    पोखरा महानगपालिका वडानम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातिय विभेदको गरेको भन्दै दलित जनप्रतिनिधि कालोपट्टी बाधेर नगर सभामा उपस्थित भएका थिए । दलित जनप्रतिनिधिले नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तब्य राखे लगत्तै उठेर सभा अवरुद्ध गरेका थिए ।

    images
    images
    images

    मेयर धनराज आचार्यले उनीहरुलाई बस्न आग्रह गरे पनि प्लेकार्डसहित उपस्थित भएका दलित जनप्रतिनिधिले केही बोल्न छ भन्दै बोल्ने समय मागे । कार्यपालिका सदस्य समेत रहेका दिपक घिमिरे विश्वकर्मा रोष्टमा पुगेर जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग गरे ।
    विश्वकर्माले नगरसभाको कार्यसूचीभन्दा वाहिर गएर रोष्टम प्रयोग गरेको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उनी बोल्दा बोल्दै उठेर नगरसभाबाट बाहिरिएका थिए । विश्वकर्मा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    आरोपित अधिकारी जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । वडासदस्य मैया नेपालीलाई अपशब्द बोलेर जातिय विभेद गरेको भन्दै उजुरी दिए पछि उनि आज प्रहरीको हिरासमत पुगेका हुन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।वडाध्यक्षले सदस्यलाई जातिय विभेद गरेको विषयले पोखरा महागनरपालिकाको १२ औँ नगरसभा स्थगन हुन पुगेको छ । जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्नुपर्ने भन्दै कार्यापालिका सदस्यले रोष्टममा पुगेर भाषण गरे पछि पोखरा महानगरको नगरसभा स्थगन हुन पुगेको हो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभाको कार्यसूची भन्दा वाहिर गएर कार्यपालिका सदस्यले रोष्टमबाट भाषण गरेको भन्दै सभा बहिष्कार गरे ।

    पोखरा महानगपालिका वडानम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातिय विभेदको गरेको भन्दै दलित जनप्रतिनिधि कालोपट्टी बाधेर नगर सभामा उपस्थित भएका थिए । दलित जनप्रतिनिधिले नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तब्य राखे लगत्तै उठेर सभा अवरुद्ध गरेका थिए ।

    मेयर धनराज आचार्यले उनीहरुलाई बस्न आग्रह गरे पनि प्लेकार्डसहित उपस्थित भएका दलित जनप्रतिनिधिले केही बोल्न छ भन्दै बोल्ने समय मागे । कार्यपालिका सदस्य समेत रहेका दिपक घिमिरे विश्वकर्मा रोष्टमा पुगेर जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग गरे ।
    विश्वकर्माले नगरसभाको कार्यसूचीभन्दा वाहिर गएर रोष्टम प्रयोग गरेको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उनी बोल्दा बोल्दै उठेर नगरसभाबाट बाहिरिएका थिए । विश्वकर्मा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

    आरोपित अधिकारी जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । वडासदस्य मैया नेपालीलाई अपशब्द बोलेर जातिय विभेद गरेको भन्दै उजुरी दिए पछि उनि आज प्रहरीको हिरासमत पुगेका हुन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।