Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपा महामन्त्री भुवन पाठक वागमतीको प्रदेश सभाको सभामुखमा विजयी 

राप्रपा महामन्त्री भुवन पाठक वागमतीको प्रदेश सभाको सभामुखमा विजयी 

images
  • राप्रपा महामन्त्री भुवन पाठक वागमतीको प्रदेश सभाको सभामुखमा विजयी 
    images
    images

    काठमाडौ । वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् ।

    images
    images
    images

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरे । पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गरे । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन् । नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन ।

    images
    images
    images

    वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका एकजना प्रदेशसभा सांसद मतदानमा अनुपस्थित भएका थिए । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।