देवदह । देवदहस्थित निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाले बेमौसमी लहरेबालीको ब्याड तथा नर्सरी व्यवस्थापन सम्बन्धी तालिम संचालन गरेको छ। तीनदिनसम्म संचालन हुने उक्त तालिम समिति र उपसमितिलाईसंगै श्रमदान कार्यक्रम सन्चालन गरिएको संस्थाले जनाएको छ ।
देवदह ८ पाकडीमा संस्थाले १० वर्षका लागि भाडामा लिएको एक विगाहा पाँच कठ्ठा जग्गाको केहि भागमा ४ हजार विरुवा उत्पादन गर्ने गरि नर्सरी तालिम सहित समिति र उपसमितिका सदस्यलाई श्रमदानमा सहभागी गराईएको संस्थाका अध्यक्ष मोतिलाल ढकालले जानकारी दिए ।
करेला, लौका, काक्रो, घिरौला र फर्सि गरि ५ प्रकारका तरकारीका बिरुवा उत्पादन गरि विक्री वितरण गरि उत्पादनमा जोडिने प्रयत्न स्वरूप सहकारीले कार्यक्रम आयोजना गरेको संस्थाका व्यवस्थापक सुशिला भण्डारीको भनाई छ ।
तालिममा गणेश प्रसाद बस्यालले सहजिकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology