Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराका सहकारी कर्मचारीहरुका लागि सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम सुरु

पोखराका सहकारी कर्मचारीहरुका लागि सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम सुरु

images
  • सेतोमसी सहकर्मी
  • पोखराका सहकारी कर्मचारीहरुका लागि सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम सुरु
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा पोखरामा रहेका सहकारीमा कार्यरत कर्मचारीहरुका लागि २ दिने सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम पोखरामा आज बिहिबारबाट सुरु भएको छ ।
    पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले प्रत्येक सहकारीले
    कोपोमिस  प्रणाली प्रयोग गर्नुपर्ने आवश्यक रहेको बताउदै नितिनियम, ऐनकानुन पालना गर्नुपर्ने र यस तालिम पश्चात आफुले जानेको सिकेको पालना गर्नुपर्न र अरुलाई पनि सिकाउन अनुरोध गदै ।
    पोखरा महानगरपालिका सहकारी समितिका सदस्य नारायण आचार्यले सहभागीहरुलाई स्वागत गर्दै कारबाहिबाट जागिन आँफु सजग हुनुपर्ने र प्रत्येक डाटाहरु प्रविष्ट गर्नुपर्ने बताए ।

    images
    images
    images


    अनुशिक्षण कायक्रमका प्रशिक्षकहरु पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख भरतराज पौडेल, रिषीराम सापकोटा, रविरमण तिवारी, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दिपक प्रकाश आचार्य रहेका थिए ।

    images
    images
    images


    कार्यक्रममा सहकारीको आधारभूत मुल्य मान्यता तथा सहकारीको सिद्धान्तहरु, सम्पत्ति शुद्धिहरण तथा सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका , सहकारी लगत व्यवस्थापन, अभिलेख व्यवस्थापन सहकारी सस्थालाई पासवर्ड लगईन वितरण सूचना हेर्ने साथै नेपाली टाईप गर्ने र सोको अभ्यास पनि गराइएको जानकारी रिषीराम सापकोटाले दिए।

    images
    images
    images


    बिहिबार र शुक्रबार हुने तालिममा भोली आवश्यक पुर्वाधार, समष्टिगत विवरण र सोको अभ्यास, सहकारीको सदस्यता विवरण प्रविष्टि र विवरण प्रविष्टि तयारी, जेपीजी फाईल, पिडिफ फाईल बनाउने र अपलोड कार्यहरुको जानकारी तथा सोको अभ्यास, मासिक विवरण, बार्षिक विवरण सुचना पोष्ट गर्ने प्रयोगात्मक अभ्यास, सहकारी संस्थाहरुको समितिको नामावली तथा साधारण सभाको जानकारी र विविध कार्यक्रम रहेको जानकारी रिषीराम सापकोटाले दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।