Logo

२०८३, आश्विन ९गते


images
images

कोदो खेती प्रवर्द्धन गर्न नगरपालिकाको अनुदान

कोदो खेती प्रवर्द्धन गर्न नगरपालिकाको अनुदान

images
  • कोदो खेती प्रवर्द्धन गर्न नगरपालिकाको अनुदान
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (लमजुङ)  ।   लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ ।

    images
    images
    images

    व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो ।

    images
    images
    images

    नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

    images
    images
    images

    नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको जनाएको छ ।

    चालु आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तरगत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको कृषि प्राविधिक सन्तोस जोशीले बताए । यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाको प्रारम्भिक तथ्यांक छ ।

    किसानलाई कोदो खेतीतर्फ अर्कषित गर्न ल्याएको कोदो संरक्षण गर्न नीति तथा अनुदानको कार्यक्रमले रैथाने बाली कोदोको संरक्षण तथा उत्पादनमा वृद्धिसँगै कोदो खेतीतर्फ किसानको आर्कषण बढ्ने अपेक्षा लिइएको छ । कोदोमा अनुदानको लागि नगरपालिकाले चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ ।

    राइनासमा विशेष गरी वडा नं. ९ स्थित कुवापानी र राम्चे तथा वडा नं. १० अन्तरगतको क्षेत्रमा धेरै कोदो उत्पादन हुने गरेको छ । कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको राइनास नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।