Logo

२०८३, आश्विन ९गते


images
images

कोदो खेतीलाई महत्व दिँदै बेली गाउँका किसान

कोदो खेतीलाई महत्व दिँदै बेली गाउँका किसान

images
  • कोदो खेतीलाई महत्व दिँदै बेली गाउँका किसान
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ । यहाँका वासिन्दाहरुले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

    images
    images
    images

    म्याग्दीका खेतका फाँटमा धानका बाला लहलह झुल्न थाले पनि बारी भने बनमारा र झारले भरिएका छन् । तर बेली गाउँको अवस्था भने फरक छ । यहाँका एक सय ५० भन्दा बढी किसानले कोदो खेती गरेका छन् । रुमको बेली गाउँमा जताततै कोदो फलेको छ । यहाँका स्थानीयले वार्षिक रुपमा दुई सय मुरी भन्दा बढी कोदो उत्पादन गर्दै आएका स्थानीय टेकबहादुर पुनले बताए । उत्पादित कोदो विक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ । 

    images
    images
    images

    म्याग्दीका ग्रामीण भेगबाट समेत हराउँदै गएको कोदोखेतीको संरक्षणमा बेलीवासी जुटेका छन् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि समेत दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा बेली गाउँका वासिन्दाले यसको व्यवसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको बेलीकी विष्णु पुन मगरले बताए ।

    images
    images
    images

    बेली गाउँको पाँच सय रोपनीभन्दा बढी वारीमा व्यवासायिक रुपमा नै कोदो खेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए ।

    गाउँमा ३० वर्ष अघिदेखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यत्ति नै राम्रो हुनेभएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नको रुपमा प्रयोग गर्ने गर्छौं” ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् ।

    एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले बनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो रु” बेनी नगरपालिका– २ का ८७ वर्षीय बेदप्रसाद शर्माले भने। उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् ।मालिका गाउँपालिका ५– की इन्द्रमाया बूढका घरमा पनि खेती गर्ने मानिस छैनन् । उनका परिवारमा श्रीमान, दुई छोरा र बुहारी छन् । छोरा वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स छन् । बुहारीले छोराछोरी पढाउन दरबाङ बजारमा कोठा भाडामा लिएर बसेकी छन् । 

    वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए ।औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मंगला गाउँपालिका– ५ का हरिकृष्ण पौडेलले बताए । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । 

    कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको बेनी नगरपालिका- २ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतिकी सञ्चालिका विमला गौचनले बताए । 

    त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । 

    कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरले जानकारी दिए ।

    तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • # कोदो खेती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।