Logo

२०८३, आश्विन १०गते


images
images

२३ वर्षपछि फेरि म्याग्दीमा कांग्रेसको जीत

२३ वर्षपछि फेरि म्याग्दीमा कांग्रेसको जीत

images
  • २३ वर्षपछि फेरि म्याग्दीमा कांग्रेसको जीत
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ निर्वाचित भएका छन् ।सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गरे ।
    गर्बुजाले २४ हजार २१ र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे । गर्बुजा २०७० र २०७४ मा एमालेका उमेद्वारसँग झिनो मतान्तरले पराजित भएका थिए । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उमेद्वार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।
    २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उमेद्वार नारायणसिंह पुनले चुनाव जितेका थिए । म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो । आइतबार भएको मतदानमा ८६ हजार १२० मतदातामध्य ५० हजार ६२५ (५८.७८ प्रतिशत) मत खसेको थियो । यहाँ ९ जना उमेद्वार थिए ।

    images
    images
    images

    म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यस अघिनै गठबन्धनबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित भएका छन् ।

    images
    images
    images

    प्रदेश (क) मा माओवादी केन्द्रका हरिबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले एमालेका देवेन्द्र बहादुर कटुुवाल क्षेत्रीलाई पराजित गरेका हुन् । भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।