Logo

२०८३, आश्विन ९गते


images
images

जहाज समयमा उडाउनूहोस्, नेपाली समयको बदनाम नगर्नूहोस्: पर्यटनमन्त्री किराती

जहाज समयमा उडाउनूहोस्, नेपाली समयको बदनाम नगर्नूहोस्: पर्यटनमन्त्री किराती

images
  • जहाज समयमा उडाउनूहोस्, नेपाली समयको बदनाम नगर्नूहोस्: पर्यटनमन्त्री किराती
    फाईल फोटो
    images
    images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्।

    images
    images
    images

    आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्।

    images
    images
    images

    ‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनूहोस्, नेपाली समयलाई बदनाम नगराउनूहोस्’,उनले भने।

    images
    images
    images

    मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए।

    ‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’, उनले भने,’नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधै साथ दिन्छु।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।