रुपन्देही । रुपन्देहीको देवदहमा हुने छैठौं म्याराथन दौड प्रतियोगिताको तयारी पुरा भएको छ। लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा भोलि हुने देवदह म्याराथनको तयारी पूरा भएको संस्थाका अध्यक्ष राहुल देव सापकोटाले बताए ।
आर्थिक व्यवस्थापन, ब्यानर, प्रचारप्रसार तथा अतिथि आमन्त्रण लगायतका सम्पूर्ण काम पुरा भएको जानकारी दिंदै अध्यक्ष सापकोटाले देशभरका धावकले उत्साहजनक रुपमा नाम दर्ता गरिरहेको र भोलि प्रतियोगिता सुरुहूनु अघिसम्म नै दर्ता खुल्ला रहने बताए। विभिन्न ठाउमा स्टल राखेर र अनलाईनबाट समेत धावकको नाम दर्ता गर्दै आएको आयोजकले प्रतियोगीको संख्या बढ्ने अपेक्षा गरेको छ । 'हाम्रो तयारी पुरा भएको छ। भोलि देशभरका प्रतियोगीहरुले देवदह चिन्ने र घुम्ने अवसर पाउनु हुनेछ´ आयोजक लियो क्लबका अध्यक्ष सापकोटाले भने ।
देवदह म्याराथनमा जुनसुकै उमेर समुहले भागलिन सक्ने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology