Logo

२०८३, आश्विन ११गते


images
images

रोगको भन्दा भोकको डर

कोरोना कहरमा पनि रोजगारीका लागि भारत जाने क्रम रोकिएन

कोरोना कहरमा पनि रोजगारीका लागि भारत जाने क्रम रोकिएन

कृष्ण नगर नाकाबाट मात्रै दैनिक एक सयको हाराहारीमा नेपालीहरु काम खोज्न भारत पस्छन । 
images
  • सेतोमसी सहकर्मी
  • कोरोना कहरमा पनि रोजगारीका लागि भारत जाने क्रम रोकिएन
    images
    images

    प्रिन्स मिश्रा, कृष्णनगर कपिलवस्तु । भरतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन: भारत जाने क्रम बढेको छ । लकडाउन र कोरोना कहरले गर्दा
    खान–लगाउन समस्या भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् ।

    images
    images
    images

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि नेपालमा राज्यले जिवीकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर १ महिना भित्र २ हजार बढि नेपाली नागरीक कृष्णनगर नाका हुँदै कामका
    लागि छिमेकी राष्ट्र भारत गएका छन् । 

    images
    images
    images

    यसरी भारत जानेहरूमा लकडाउन सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि छन । उनीहरू कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका लागि भारत गएका हुन । लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आफ्नो घर फर्केका आएको भएपनि खान-लगाउन नपुगेपछि पुन काम गर्न भारत जानु परेको उनीहरू बताँछन । 

    images
    images
    images

    नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए । बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, शादी विवाहमा १५ जनालाई आवत जावत गर्न दिएको बताउँदै उनले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको पौडेलले बताएका छन ।

    कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम,
    रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट) का नायव निरीक्षक ताराा खनालले जानकारी दिए । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ । सम्बन्धित कम्पनी, कल कारखाना, आदिको परिचय पत्र, बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान दिईएको उनले बताए । दैनिक सय जनाकाे हाराहारीमा कामका लागि भारत जाने गरेको खनाल भनाइ छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।