रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देही क्षेत्र नम्बर १ को बैठक सप्पन्न
भएको छ । बैठकले कोरोना संक्रमितहरुको उपचार र राहत वितरणमा थप प्रभावकारी ढंगले काम गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
हरेक स्थानीय तहसम्म नै स्वयंसेवकको युनिट बनाएर महामारीसंग जुध्न जनतालाई सहयोग गर्ने निर्णय भएको पार्टी जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का सचीव गोविन्द पङ्गेनी बताए ।
साथै, विकास निर्माणका कार्यमा प्रमुख आवश्यकताका आधारमा जनताले प्रत्याभूत गर्ने गरी पार्टीले स्थानीय र प्रदेशमा तहमा छलफल चलाउने र समन्वय गर्ने एजेन्डामा समेत छलफल भएको पार्टीले जनाएको छ ।
पार्टी क्षेत्र नम्बर १ का सचीव गोविन्द पङ्गेनीको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य बामदेब क्षेत्रीको प्रमुख आथित्यता सम्पन्न बैठकमा पार्टी जिल्ला सचीव निर्मल जिसि, लुम्बिनी प्रदेश सदस्य मक्सुद अलि लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology