Logo

२०८३, आश्विन ११गते


images
images

समाज

कटुवाल प्रथाका अन्तिम पुस्ता वीर बहादुर र ज्याेति दमाई

कटुवाल प्रथाका अन्तिम पुस्ता वीर बहादुर र ज्याेति दमाई

images
  • सेतोमसी सहकर्मी
  • कटुवाल प्रथाका अन्तिम पुस्ता वीर बहादुर र ज्याेति दमाई
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  जीवनका ८१ वर्ष रुरुक्षेत्र ३ थानपतिका वीर वहादुर दमाई र ७५ वर्ष पार गरेका रुरुक्षेत्र ३ का  ज्याेति दमाई याे क्षेत्रका पुराना सन्चार माध्यम कटुवाल प्रथाका जिउँदा इतिहास हुन । थानपतिका वीर बहादुर दमाईले ६० वर्ष थानपतिमा कटुवाल काम गरेर बिदा भएकाे पनि ८-१० वर्ष हुन लाग्याे, भने रुरुक्षेत्र १ च्यूरेकका ज्याेती दमाईले पनि करिब ६० वर्ष यहि कटुवालकाे काम गरे । 

    images
    images
    images

    "सरकारी जागिर गरेकाे भए तिनवटा पिन्सिन हुन्थ्यो, जिन्दगी दमाहा ठटाएर चिच्याउँदैमा बित्याे" स्थानीय स्यालपाेखरीमा भेटिएका वीर बहादुरले भने । यी दवै जना   पुर्ख्यौलि थलाेमा खनखाेरसमा दिन कटाउँछन। गाउँकाे मायाले गाउँ छाडेका छैनन । "छाेराहरुले बटौली तिर ठुलै घर बनाएका छन, जाम बा भन्छन तर गाउँ छाड्न मन लाग्दैन" वीर वहादुरले भने ।

    images
    images
    images

    कुनै समय थियाे  वीर वहादुरले माझगाउँतिर र ज्याेति दमाइले  च्यूरेकतिर दमाहा बजाउन थालेपछि गाउँमा केहि हुँदैछ भन्ने सँकेत हुन्थाे र दमाहाले गाउँलेकाे ध्यान केन्द्रित गरेपछि हाक हालेर उनीहरूले सुचना सम्प्रेषण गर्थे । 

    images
    images
    images

    विक्रम सम्बत १९९९ सालमा   रुरुक्षेत्र ३ काे माझगाउँमा जन्मेका वीर बहादुर दमाई र २००४ सालमा रुरुक्षेत्र १ काे च्यूरेक गाउँमा जन्मेका  ज्याेति दमाई समकालीन दमाली हुन। वीर बहादुर १५  वर्षकाे हुँदा र ज्याती दमाई ११ वर्षको हुँदा बाबुबाजेले धानेकाे कटुवालकाे जिम्मेवारि लिएका हुन । वीर बहादुर र ज्याेति दमाई भन्दा पहिले उनिहरुका वाउबाजेका धेरै  पुस्ताले माझ गाउँ र च्यूरेकमा हाक हालेकाे इतिहास छ ।  वीर वहादुर र ज्याेति दमाईकाे  यहि पुस्ताबाट हाक हाल्ने कामकाे अन्त्य भएकाे छ।

    निशुल्क स्वयँसेवाकाे काममा रहेकाे याे पेशामा गाउँमा कसैले निमेक दिइहाले लिने तर खासै केही नलिइकन आफुले बाबुबाजेकाे पेशा सम्हालेकाे उनिहरुकाे भनाई छ । गाउँका बाटा-घाटा विद्यालय पाौवा-खानेपानी लगायत विकास निर्माणमा गाउँलेलाई जुटाउने काम कटुवालकै हुने गर्थ्याे। 

    गाउँका सभा सम्मेलन र विकासे कामका आम भेला र बाटाेघाटाे कुला पधेरा विद्यालय बनाउन हाकहालेरै गाउँ बाेलाउने लामाे समय हाकहालेका रुरुक्षेत्र ३ का वीर बहादुर  दमाईलाई वडा कार्यालयले सम्मान गरेका तर  याे कामबाट बिदा लिएपनि राज्यले आफ्नाे पेशाकाे सम्मान नगरेकोमा दुखि छन रुरुक्षेत्र १ च्यूरेकका ज्याेती दमाई । "नजिकैकाे थानपतिमा कटवालकाे पेशाबाट बिदा लिँदा कटवाल बिरबहादुर परियारलाई सम्मान गरेकाे सुनेकाे छु तर मलाइ कसैले साेधखाेज गरेन" दु:खी हुँदै ज्याति दमाईले भने  । हामिले राज्यले केही देओस भनेका छैनौँ, मात्र सातौँ पुस्तासम्म हाम्राे परिवारले गरेकाे कटवाल पेशाकाे सम्मान हुनुपर्छ।  एउटा प्रमाणपत्र भए पनि पायौँ भने पछिल्लो पिँढीले हाम्रो पुस्ताले याे काम गरेकाे रैछ भनेर सम्झने थियाे" उनले गुनासाे सुनाए ।

    निश्चय पनि पुरानाे कटुवाल प्रथाबाट बिदा लिएका  वीर बहादुर दमाई र ज्याेति दमाई कटवाल प्रथाका जिउँदा इतिहासकाे हुन । जतिबेला संचार माध्यमको विकास भएको थिएन, त्यो बेलाका संचारकर्मी हुन। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कटुवाल प्रथा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।