Logo

२०८३, आश्विन १०गते


images
images

गाउँघर

संचारका संवाहक तथा कटुवाल प्रथाका ज्युँदा इतिहास ज्याेति दमाईको आँखामा आँशु !

संचारका संवाहक तथा कटुवाल प्रथाका ज्युँदा इतिहास ज्याेति दमाईको आँखामा आँशु !

images
  • सेतोमसी सहकर्मी
  • संचारका संवाहक तथा कटुवाल प्रथाका ज्युँदा इतिहास ज्याेति दमाईको आँखामा आँशु !
    images
    images

    कृष्ण अन्जान, रुरु । जीवनका त्रिहत्तर वसन्त पार गरेका ज्याेति दमाई आजभाेलि आफ्नाे पुर्ख्यौलि थलाेमा खन खाेरसमा दिन कटाउनु हुन्छ । 

    images
    images
    images


    कुनै समय थियाे ज्याेति उहाँले दमाहा बजाउन थालेपछि गाउँमा के हुँदैछ भन्ने संकेत हुन्थाे र दमाहाले गाउँलेकाे ध्यान केन्द्रित गरेपछि हाक हालेर वहाँले सुचना सम्प्रेषण गर्नु हुन्थ्यो ।

    images
    images
    images


    २००४ सालमा रुरुक्षेत्र १ काे च्युरेक गाउँमा जन्मनु भएका ज्याेति दमाईले आफु ११ वर्षकाे हुँदा २०१३ सालबाट बाबुबाजेले धानेकाे कटुवालकाे जिम्मेवारि लिनु भएकाे हाे । ज्याेति दमाई भन्दा पहिले वहाँकाे वाउबाजेकाे छैटौँ पुस्ताले च्युरेकमा हाक हालेकाे इतिहास छ र ज्याेति दमाई सातौँ पुस्ताका कटवाल हुनुहुन्थ्यो र यहि पुस्ताबाट हाक हाल्ने कामकाे अन्तत्य भएकाे छ । 

    images
    images
    images


    निशुल्क स्वंयसेवाकाे काममा रहेकाे याे पेशामा गाउँमा कसैले निमेक दिइहाले लिने तर खासै केही नलिइकन आफुले बाबुबाजेकाे पेशा सम्हालेकाे वहाँ बताउनु हुन्छ । गाउँका बाटाघाटा विद्यालय पौवा खानेपानी लगायत विकास निर्माणमा गाउँलेलाई जुटउने काम कटुवालकै हुने गर्थ्याे ।


    पुर्खाले धेरै शताव्दि याे काम गरेकाे याे परिवारमा ज्याेति दमाइले करिब ६५ वर्ष च्युृरेक गाउँमा हाक हालेर बिताउनु भएकाे छ ।

     

    गाउँका सभा सम्मेलन, गाउँसभा र विकासे कामका आमभेला र बाटाेघाटाे, कुला पधेरा विद्यालय बनाउन हाक हालेका ज्याेति दमाई घरमुनिकाे बाटाेले घर जाेखिंममा परेपछि पिडामा हुनुहुन्छ ।


    लामाे समय हाक हालेका ज्याेति दमाई गतवर्षबाट याे कामबाट बिदा लिएपनि राज्यले आफ्नाे पेशाकाे सम्मान नगरेकोमा दुखि हुनुहुन्छ । नजिकैकाे थानपतिमा कटवालकाे पेशाबाट बिदा लिँदा कटवाल बिरबहादुर परियारलाई सम्मान गरेकाे सुनेकाे छु तर मलाइ कसैले साेधखाेज गरेन दुखि हुँदै ज्याति दमाईले भन्नुभयाे । 


    हामिले राज्यले केही देओस भनेका छैनौँ । मात्र सातौँ पुस्तासम्म हाम्राे परिवारले गरेकाे कटवाल पेशाकाे सम्मान हुनुपर्छ । एउटा प्रमाणपत्र भए पनि पायौँ भने पछिल्लो पिँढीले हाम्रो पुस्ताले याे काम गरेकाे रैछ भनेर सम्झने थियाे वहाँले गुनासाे पाेख्नु भयाे ।


    निश्चय पनि पुरानाे कटुवाल प्रथाबाट बिदा लिँदै गरेका ज्याेति दमाई कटवाल प्रथाका जिउँदा इतिहासकाे सम्मानमा राज्यले ध्यान दिनु पर्ने देखिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।