Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनी प्रदेश सभाले मनायो छैंठौं स्थापना दिवस

लुम्बिनी प्रदेश सभाले मनायो छैंठौं स्थापना दिवस

images
  • लुम्बिनी प्रदेश सभाले मनायो छैंठौं स्थापना दिवस
    images
    images

    देउखुरी (दाङ) ।  लुम्बिनी प्रदेश सभाको छैंठौं स्थापना दिवस शनिवार  विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालको संविधान २०७२  को धारा १७६ को प्रावधान अनुसार “लुम्बिनी प्रदेश सभा” स्थापना भएको आज ५ वर्ष पुरा भएको छ । 

    images
    images
    images

    २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघ र प्रदेशको निर्वाचन पश्चात २०७४ माघ ७ गते प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण पश्चात आजकै दिन २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको थियो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले  राष्ट्रियता र सार्बभौमिकताको रक्षाको नेपालीले पुरानो योगदान अतुलनीय रहेको र सरकारसंग ठुलो अपेक्षा रहेको त्यो प्रदेश सरकारले पुरा गर्न सक्नु पर्न बताए । उनले जनताको जनजिबिका संग सम्बन्धित ऎन कानुन निर्माणमा जोड दिन सुझाव दिए । उनले स्वाधीन अर्थतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि प्रदेशलाई थपिएको बताए ।  

    images
    images
    images

    समारोहमा मुख्यमन्त्री माननीय लिला गिरिले  पहिलो सभाले धेरै  अनुभव दिएको बताउंदै समृद्धिको लागि काम गर्नुपर्ने बताए  ।  संघीयताको मर्म अनुसार जनताको काम गर्न प्रदेश सरकार घर दैलोमा आएको बताउनु हुँदै उनले  प्रदेश सरकारको औचित्य अझै बढेको बताए ।  

    समारोहमा  सभामुख माननीय तुलाराम घर्ती मगरले    जनताका आधारभूत आवश्यकता र  समाजका उच्चतम आकांक्षाहरु पुरा गर्ने मार्ग चित्र कोर्ने कानुन निर्माण गरेको बताए । संघीय गणतन्त्रको जगलाई मजबुत एवम विकशित बनाउने कार्य प्रदेश सभाका ५ बर्ष विशेष महत्वका रहेका उनको भनाई छ । 

    समारोहमा  प्रमुख प्रतिपक्ष दलका नेता माननीय  दिल्ली बहादुर चौधरीले सहकार्य गरेर प्रदेशलाई समृद्व बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    सो अवसरमा स्थापना कालमा प्रदेश सभा सचिवालयको लागि भवन उपलब्ध गराउने उधोग बाणिज्य संघ बुटवल , नेपाल मानव सेवा धर्म समिती , बुटवल महिला जेसिज, पश्चिमाञ्चल पेट्रोलियम िडलर एशोसियन बुटवललाई कृतज्ञता सहित सम्मान गरिएको थियो । 

    त्यसैगरि मैत्रीपुर्ण भलिबल प्रतियोगितामा बिजेता र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।