Logo

२०८३, आश्विन ९गते


images
images

स्पष्टीकरण सोध्दै नेप्सेले रोक्यो विजय लघुवित्तको सेयर कारोबार

स्पष्टीकरण सोध्दै नेप्सेले रोक्यो विजय लघुवित्तको सेयर कारोबार

images
  • स्पष्टीकरण सोध्दै नेप्सेले रोक्यो विजय लघुवित्तको सेयर कारोबार
    images
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विजय लघुवित्तलाई स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको १० माघको सञ्चालक समिति बैंठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको भएपनि २५ माघमा मात्रै नेप्सेमा सूचना आएकोले कम्पनीको कारोबार रोक्का गरी स्पष्टीकरण सोधको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराएको हुँदा कम्पनीलाई स्पष्टीकरण सोधिएको नेप्सेले उल्लेख गरेको छ । 

    images
    images
    images

    ‘१० माघमा कम्पनीको सञ्चालक समितिको बैठक बसी आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश दिने प्रस्ताव गरेको जानकारी २५ माघ बेलुका ६ः३५ बजे गराएको छ’ नेप्सेले कारोबार रोक्का गर्दै कम्पनीलाई सोधको स्पष्टीकरणमा भनिएको छ ।

    images
    images
    images

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराई धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराएर धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण माग गरिएको नेप्सेले जनाएको छ ।

    ‘धितोपत्र सूचीकरण विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको छ,’ नेप्सेले भनेको छ, ‘त्यस कम्पनीले के कति कारणबाट नेप्सेमा समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।’

    लघुवित्तका कम्पनी सचिव नारायण सापकोटा भने २५ माघ साँझ बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको भएपनि प्राविधिक त्रुटिबस १० माघको सञ्चालक समितिको निर्णय भनि नेप्सेमा सूचना गएको बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।