Logo

२०८३, श्रावण ३०गते


images
images

महानगरद्वारा उपभोक्ता तथा नागरिक समाज प्रतिनिधिहरुका लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न

महानगरद्वारा उपभोक्ता तथा नागरिक समाज प्रतिनिधिहरुका लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • महानगरद्वारा उपभोक्ता तथा नागरिक समाज प्रतिनिधिहरुका लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाले उपभोक्ता सचेतना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । महानगरले उपभोक्ता र नागरिक समाजका प्रतिनिधिहरुका लागि एक दिने सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । महानगरका ३३ वटै वडामा उपभोत्ता सचेतना सम्बन्धी कार्यक्रम गर्ने महानगरको नीति अनुसार पहिलो चरणमा वडानम्बर १ देखि ८ सम्मका लगि उक्त कार्यक्रम आयोजना गरिएको महानगर सहकारी शाखाका ऋषिरामा सापकोटाले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा प्रत्यक वडाबाट एक जना वडासदस्य, टोल विकास संस्थाका एक एक जना प्रतिनिधि,महिला समूहबाट २ जना र नागरिक समाजका आगुवा २ जनाको उपस्थिति रहेको थियो । सहभागीहरुले बजारमा अनुगमन बढाउनुपर्नेमा जोड दिए । छिटफुट मात्रै हुने सरकारी अनुगमनले उपभोक्ता ढगिन बाध्य भएको उनीहरुको भनाई थियो ।

    images
    images
    images

    अभिमूखिकरण कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले संघीय सरकारको अनुगमन र निरिक्षण अधिकारीको अधिकार वारे जानकारी दिएका थिए । उपभोक्ता ठगिनबाट जोगिन नागरिकले अनुगमन समितिलाई सूचना दिनुपर्ने ढकालले बताए ।

    images
    images
    images

    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका प्रमुख शिवजी बरालले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । भने, पोखरा महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेलले उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्था र पोखरा महानगरपालिकाले गरेका कार्यका वारेमा जानकारी दिएका थिए । यस्तै उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सचेत उपभोत्ता आजको आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कोइरालाले बस्तु तथा सेवाको उपयोग गर्दा उपभोक्ता आफै सेचत हुनपर्नेमा जोड दिए ।

    राज्यका निकायले मात्र उपभोक्ता अधिकार स्थापित गर्न नसक्ने भएकाले उपभोक्ता आफै सचेत हुनुपर्ने कोइरालाले बताए । कोइरालाको उक्त कार्यपत्र अधिवक्ता गिता आचार्यले प्रस्तुत गरेकी थिइन् । नयाँ व्यवस्था अनुसार स्थानिय निकायलाई बजार अनुगमनको जिम्मा दिइएको छ ।

    स्थानिय निकायले तोकिएका सरकारी र गैर्हसरकारी संस्थाका प्रतिनिधि सहभागी भएको संयुक्त बजार अनुगमन समिति बनाएर बजार अनुगमन गर्न सक्ने छ । पोखरा महानगरले उपभोक्ता संरक्षण ऐनलाई आधार मानेर संयुक्त बजार अनुगमन निर्देशीका २०७४ जारी गरेको छ । भने स्थानीय स्वायत्त शासन ऐन २०७४ ले पनि बजार अनुगमनका लागि निर्देशीत गरेको छ ।

    अभिमूखिकरण कार्याक्रमको उद्याटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले नियमनकारी निकायका प्रनितिधिहरु जिम्मेवार बन्नुपर्ने बताए । उत्पादत, उपभोक्ता, मध्यस्तकर्ता र विक्रेताले आ–आफ्नो अधिकार र दायित्व निर्वाह गर्नुपर्ने भारतीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।