Logo

२०८३, आश्विन १०गते


images
images

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

images
  • दोहोरो अंकले घट्यो नेप्से
    images
    images

    काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो । यो ०.६६ प्रतिशतको गिरावट हो । बुधबार २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    बुधबार उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।

    गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।