Logo

२०८३, श्रावण ३०गते


images
images

घरघरमा धारा मात्र होइन, शुद्ध पानी पनि: प्रमुख आचार्य

घरघरमा धारा मात्र होइन, शुद्ध पानी पनि: प्रमुख आचार्य

images
  • घरघरमा धारा मात्र होइन, शुद्ध पानी पनि: प्रमुख आचार्य
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौ र स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  रैकरमा शिलान्यास गरेका हुन् ।

    images
    images
    images

    खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताए । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भने, अव यसको उपलब्धता मात्र होइन, यो सुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उनले बताए ।

    images
    images
    images

    हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उनले विश्वास दिलाए । पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको सुद्धिकरणका लागि जाइकासंगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उनले त्यो परियोजना अन्तिम चरणमा रहेको बताए । “सहर होस् या गाउँ अव घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत सुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने छ ।” प्रमुख आचार्यले भने । पानीको सुद्धिकरण, मुहानको संरक्षण र पानी वितरणका सम्बन्धमा आफूहरू निरन्तर लागिरहेको आचार्यले बताए ।

    images
    images
    images

    उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताए । “हिजोका दिनहरूमा यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खानेपानी निकै समस्या रहेको थियो, उनले भने, तर स्थानीयहरूको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजनाहरू सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको छ ।” खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकामा त्यो पनि निर्माणको क्रममा रहेकाले यसले पुरन्चौर क्षेत्रको खानेपानी वितरणमा थप सहज हुने उनले विश्वास व्यक्त गरे ।

    बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।