Logo

२०८३, आश्विन ९गते


images
images

सुनवल ज्यामिरे-अस्नैया सडकखण्ड: २४ लाख बजेट, ४८ मिटर पिच

सुनवल ज्यामिरे-अस्नैया सडकखण्ड: २४ लाख बजेट, ४८ मिटर पिच

images
  • सुनवल ज्यामिरे-अस्नैया सडकखण्ड: २४ लाख बजेट, ४८ मिटर पिच
    images
    images

    रेशम अधिकारी, परासी । सुनवल नगरपालिका वडा नं, ७  को बौद्धमार्ग भनेर चिनिने ज्यामिरे-अस्नैया सडकखण्डको ४८ मिटर आरसिसि ढलानकालागी २४ लाख ३३ हजार पाँच सय ५७.७५ रुपैयाँ बजेट बिनियोजन भएको छ । 

    images
    images
    images

    वि.एस.के. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. भुमहीले मंसिर १४ मा सम्झौता गरेको सो बाटो आगामी आर्थिक वर्षको जेष्ठ ३२ गते निर्माण सम्पन्न गर्नुपर्ने छ ।

    images
    images
    images

    लगभग २० टन क्षमता रहेकाे ज्यामिरे - अस्नैया सडक खण्ड निर्माण भैईसकेपछी केही बर्षसम्म राम्रै अवस्थामा थियो । तर पछिल्लो ८ बर्ष यता बाटो झनपछि झन बिग्रदै गएको छ ।

    images
    images
    images

    यसअघि बौद्धमार्ग अन्तर्गत ज्यामिरेदेखि चारपालासम्म बाटो आरसिसि ढालन गरिएको छ । तर चारपाला हुँदै सिसाहानी, तर्गौली, अस्नैयाको बाटो अहिले हिंड्नै नसकिने खाडलहरूले भरिएको र सडकमा धुलो पनि सोही अनुपातमा अत्याधिक उड्ने गरेको स्थानीय पवन न्यौपानेले बताए। उनले बाटो धुलोले भरिएको कारण स्वास्थ्यमा पनि समस्या आएको बताए। `बाटोमा हिंडडुल गर्न निकै सकस छ । बाटो कहिले बन्ला भन्ने प्रश्न र बाटो चाडैं बनाेस् भन्ने झिनो आसामा वडाबासीहरू रहदैं आएका छौ´ न्यौपानेले सेतोमसीसंग भने ।
     
    यता सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले भने हाल ४८ मिटर आर सिसि ढलानकालागी २४ लाख ३३ हजार पाँच सय ५७.७५ रुपैयाँ बजेट बिनियोजन नगरले गरेको र त्यो निर्माण लगत्तै अस्नैयासम्म बाटो निर्माणकालालागी सहरी विकास मन्त्रालयले  बजेट बिनियोजन गर्ने जानकारी दिइन्।

    सुनवल-७ मा दुई ठुला उद्योग रहेका छन्, पाल्पा सिमेन्ट प्रालि र लक्ष्मी स्टिल प्रालिका हेभी ट्रकहरू यहि ज्यामिरे-अस्नैया सडकखण्ड हुँदै दैनिक गुड्छन। जसका कारण सडक छिट्टै बिग्रिने र धुलोका कारण बस्ति नै समस्यामा पर्दै आइरहेको छ। ठूला उद्योगले पहुँच र आर्थिक चलखेलको आधारमा न्युनतम सामाजिक उत्तरदायित्व समेत बहन नगरी, जनस्वास्थ्यमा समेत खेलवाड गर्दै आएको स्थानियले आरोप लगाउंदै आएका छन्।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।