Logo

२०८३, आश्विन ९गते


images
images

फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा

फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा

images
  • फ्युचर ब्राइटर र कास्की मोडनाइज हिसान गण्डकी फुटसलको फाइनलमा
    images
    images

    राजेश  पराजुली, पोखरा । फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बाग्लुङले कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–० गोल हराउदै फाइनलमा प्रबेश गरेको छ । 

    images
    images
    images


    फिचर बाइटरको जितमा यमबहादुर थापाले दुई गोल र बिवेक थापाले एक गोल गरे । दुई गोल गरेका यमबहादुर थापाले प्रतियोगिताको म्यानअफ दि म्याच भए । 
    मंगलबार भएको दोस्रो सेमिफाइलन खेलमा कास्की मोडनाइजले सगरमाथा बि लाई ३–२ गोल अन्तरले हराउदै फाइनलमा प्रबेश ग¥यो । कास्की मोडनाइजको जितमा प्रनिल रायमाझीले ह्याट्रिक गरे । उनले प्रतियोगिताको म्यान अफदि म्याच घोषित भए । सगरमाथाका लागि सागर गुरुङ र समिप क्षेत्रीले एक÷एक गोल गरे । 

    images
    images
    images


    हिसान गण्डकीको आयोजना तथा प्रतियोगिताको व्यवस्थापन सबिन ममोरियल क्लब पोखराले गरेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । 
    प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए । फुटबलको तल्लो स्तरबाट विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिसान गण्डकी फुटसल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।