राजेश पराजुली, पोखरा । कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
हिसान कास्की छनौट प्रतियोगतामा जेसिएसँग हारको बदला लिँदै कास्की मोडनाइज एकेडेमीले उपाधि सँगै नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीएले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । निर्धारित समयमा २-२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निर्धारित समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक-एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइजका ४ खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खाँदै बाहिरिएपछि ४ खेलाडीमा सिमित भएको हो ।
मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङसँग हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइन खेल खल्ने पाएको हो । ब्राइटरले फर्जि खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्न दिएको थियो ।
फाइनल खेलको म्यान अफ दि म्याच हुँदै कास्की मोडनाइज एकेडेमीका गोल किपर रोहन क्षेत्री प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने । त्यसैगरी एकेडेमीकै प्रनिल रानाभाटले प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरको उपाधि जिते ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियार बने । फाइनल खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए ।
प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिका प्रसाद आचार्य, आयोजन हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सचिव पुण्य प्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष संजय लिगल, प्रतियोगिताका संयोजक सन्तो पराजुली लगाएतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका कक्षा ११ र १२ का विद्यार्थी सम्मिलित १३ टिमले भाग लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology