Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीका स्थानिय तहमा एमालेको 'मिसन ग्रासरुट' अभियान    

गुल्मीका स्थानिय तहमा एमालेको 'मिसन ग्रासरुट' अभियान    

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीका स्थानिय तहमा एमालेको 'मिसन ग्रासरुट' अभियान    
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  पार्टीलाई आधारभूत तह सम्म पुर्याउने गरि नेकपा एमालेले शुरु गरेकाे 'मिसन ग्रासरुट' अभियान संचालन गर्दै पार्टी सुदृढीकरण तथा विस्तार अभियानकाे श्रृङखला जिल्लाबाट पालिका तह हुँदै वडा तहसम्म लाने तयारी तिब्र पारिएकाे छ । यसै श्रृङखला अनुरुपकाे पालिका स्तरीय कार्यकर्ता अभिमुखीकरण रुरुक्षेत्र गाउँपालिकाकाे बलेटक्सारमा विहिवार आयाेजना गरियाे ।

    images
    images
    images

    अभिमुखीकरण कार्यक्रममा एमाले कार्यकर्ता माझ बाेल्दै नेकपा एमालेका पाेलिटब्युराे सदस्य ठाकुर गैरेले पार्टीको आन्तरिक सँरचनालाई जिवन्त राख्दै सँगठन सुदृढीकरणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिए । पछिल्लो चरणमा पार्टी भित्र देखिएका साँगठनिक अराजकतालाई चिर्दै बलियाे एमाले निर्माणका लागि पार्टीले दुईमहिने मिसन ग्रासरुट अभियान चलाएकाे र याे अभियानले पार्टीको सँगठन बलियाे चुस्त र  दुरुस्त हुने पाेलिट व्युराे सदस्य गैरेले बताए ।

    images
    images
    images

    केन्द्रीय प्रतिनिधिकाे रुपमा गुल्मीमा खटिएका गैरेले फागुन मसान्तसम्मभित्र वडा भेलाहरु सम्पन्न गर्दै चैत्र १ देखि १५ सम्म टाेल भेला र बैशाख १ गते सम्म जनताका घरदैलाे सम्म पुगेर आम जनता र पार्टीका समर्थक तथा कार्यकर्ता हरुका गुनासा र समस्या सुन्नुका साथै जनवर्गीय सँगठन निर्माण अभियान र पार्टीको सदस्यता नविकरण र नया सदस्यता अभियान घरदैलाेमै सन्चालन गर्ने गरि पार्टीले आफ्नो अभियान सन्चालन गरेकाे उनलेे बताए । 

    images
    images
    images

    एमाले गुल्मीको निर्देशन बमोजिम रुरुक्षेत्र गाउँपालिकाका वडाहरुमा मिसन ग्रासरुट अभियानका लागि जिल्ला कमिटीका सदस्यहरुलाई सहजकर्ता खटाईएकाे छ  । रुरुक्षेत्र गाउँपालिका वडा न १ मा कला पाण्डे, वडा न २ मा माेहन पाण्डे ,वडा न ३मा रेशमराज न्यौपाने, वडा न ४ मा शिवलाल ढकाल, वडा न ५ मा सूर्य साेनी र वडा न ६ मा अभिमान शिँह रानालाई खटाईएकाे नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्माले जानकारी दिए । वडा स्तरीय पहिलाे चरणकाे कार्यक्रम अन्तरगत रुरुक्षेत्र गाउँ पालिका वडा न ५ र ६ मा फागुन १८ गते ,वडा न १ र ४ मा फागुन २० गते र २ र ३ मा फागुन २७ गते पार्टीका कार्यकर्ता ,जनवर्गीय सँगठनहरु सम्मिलित  बृहत वडा भेला तय गरिएकाे नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीका सचिव ताेय नारायण ज्ञवालीले जानकारी दिए ।वडा भेलामा जिल्ला प्रतिनिधि सँगै सहयाेगीकाे रुपमा वडा न १ मा पालिका कमिटी सदस्य वेद प्रसाद पन्त ,वडा न २ मा माधव ज्ञवाली ,वडा न ३ मा पार्टीका रुरुक्षेत्रका उपाध्यक्ष लक्ष्मी ज्ञवाली ,र सहसचिव घनस्याम अर्याल ,वडा ४ मा मीन प्रसाद ज्ञवाली वडा न ५ मा दुर्गा विक र वडा न ६ मा विनाेद ज्ञवालीलाई खटाईएकाे छ ।

    एमाले रुरुक्षेत्र गाउँपालिकाका पार्टी अध्यक्ष फर्सुराम ज्ञवालीकाे अध्यक्षतामा भएकाे मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान अभिमुखिकरण कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य निलकण्ठ गौतम र कमल राज श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।