Logo

२०८३, श्रावण २७गते


images
images

जनस्वास्थ्यमाथि गम्भीर खेलवाड

धुलो र धुँवाले छोपियो ज्यामिरे-अस्नैया सडक क्षेत्र, ठुला उद्योगसामु निरीह स्थानीय सरकार

धुलो र धुँवाले छोपियो ज्यामिरे-अस्नैया सडक क्षेत्र, ठुला उद्योगसामु निरीह स्थानीय सरकार

ठुलो कारखानाको स्थापना संगै बाटोको क्षमता भन्दा बढि भार  कारखानाको कच्चा पदार्थ ओसारपसार गर्ने सवारी चलाउदा बाटो यस्तो हालत भएको स्थानीय बताउँछन। 
images
  • धुलो र धुँवाले छोपियो ज्यामिरे-अस्नैया सडक क्षेत्र, ठुला उद्योगसामु निरीह स्थानीय सरकार
    images
    images

    अशोक अधिकारी, सुनवल । सुनवल नगरपालिका वडा नम्बर ७ ज्यामिरे देखि अस्नैया सम्मको बाटोमा हिंड्न् मुस्किल पर्छ । बाक्लो धुलो र धुँवाले उक्त क्षेत्रका बासिन्दा निकै प्रताडित हुँदै आएका छन । तर, सरोकारवाला निकायहरु भने समस्या २० को १९ गराउने भन्दा पनि नदेखेझैं गरेर समस्या टारिहेका छन । 
     
    received_2921463104840433.jpegकरिब १० बर्ष अघि निर्माण 'ग्राबेल' भएको बाटो ज्यामिरे, सिसाहानी, अस्नैया हुँदै छ नम्बर चोकमा जोडिएको छ । ठुलो कारखानाको स्थापना संगै बाटोको क्षमता भन्दा बढि भार  कारखानाको कच्चा पदार्थ ओसारपसार गर्ने सवारी चलाउदा बाटो यस्तो हालत भएको स्थानीय बताउँछन। 

    images
    images
    images

    वडा नम्बर ७ को समस्या बाटोमात्र हैन । त्यस ठाउका दुई ठुला कारखानाबाट निस्केको प्रदुषित धुवा पनि हो । लक्ष्मी स्टिलबाट प्लास्टिस जलाएको धुँवा र पाल्पा सिमेन्टबाट किलिकर  सीमेन्टको धुलोले त्यस्  ठाउको जनजीवन प्रभावीत छ । received_305254657685773.jpeg

    images
    images
    images

    सवारी आवागमन हुँदा अत्याधिक धुलो उड्ने गर्नाले बाटो हिड्न समेत समस्या भएको र  स्थानीय बिरामी समेत पर्न थालेको बिजय केसि ले  बताउँछन। 

    images
    images
    images

    धेरै पटक धुलो नियन्त्रणको लागि स्थानीयले नगरपालिकामा पहल गरेपनि काम भने अजै सुरु हुन सकेको छैन । निमार्णाधिन अवस्थामा रहेको उक्त सडकको मर्मतको पटक पटक  काम हुँदै आइरहेको छ। तर निमार्ण कार्यमा भइरहेको ढिलासुस्तीले गर्दा सडक आसपासका स्थानीयले समयमा अत्याधिक धुलो र बर्षातको समयमा हिलोको समस्या झेल्नु परिरहेको छ ।

    received_443736153598629.jpegयस विषयमा सुनवल नगरपालिका वडा नं. ७ का अध्यक्ष वसन्तराज दाहालसंग प्रतिक्रिया लिंदा उनले आफु उक्त समस्या संग परिचीत भएको र समाधानका लागि बारम्बार पहल गरेको बताए । लक्ष्मी स्टिल र पाल्पा सिमेन्टलाई यसबारे पटक पटक सचेत गराइएको र लिखित प्रतिबद्धता समेत गराइएको बताउँदै बाह्य शक्ति प्रयोग गर्दै उद्योगहरुले स्थानीय जनताको स्वास्थ्य समस्यामा खेलवाड गरिरहेको बताए । स्थानीयहरु बिरामी हुन थालेको कुरामा समेत सहमत हुदैं अध्यक्ष दाहालले उक्त धुलोको कारण आफ्नै आयु समेत घटिरहेको महसुस हुने बताए ।

    received_862573184473638.jpeg

    जनचासो र  जनस्वास्थ्यसंग जोडिएको यस प्रकारका मुद्दामा सम्पुर्ण स्थानीयबासीको निरन्तर पहल रहिरहनु र स्थानीय निकाय तथा सरोकारवाला पक्ष समयमै सचेत हुनु जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।