Logo

२०८३, कार्तिक २८गते


images
images

मेलमिलापकर्ताहरुको लागि तीनदिने पुनर्ताजगी तालिम सुरु

मेलमिलापकर्ताहरुको लागि तीनदिने पुनर्ताजगी तालिम सुरु

images
  • मेलमिलापकर्ताहरुको लागि तीनदिने पुनर्ताजगी तालिम सुरु
    images

    देवदह । रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुको लागि तिनदिने पुनर्ताजगी तालिम सुरु भएको छ। देवदह नगरपालिका, न्यायीक समितिको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो। मंगलबारदेखि सुरु भएको तालिम फागुन १८ गते सम्म जारी रहने छ।

    images
    images
    images

    तालिम उद्घाटनका अवसरमा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख तथा न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङले गुणस्तरीय न्याय सम्पादनको लागि मेलमिलापकर्ताहरुको दक्षता अति नै जरुरी भएकाले तालिम लगायतका कार्यक्रमलाई न्यायीक समितिले प्राथमिकतामा राखेको जानकारी दिईन।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे लगायतले बोल्दै समाजमा हुने विभिन्न विवाद मेलमिलापको माध्यमबाट निरुपण गर्नुपर्नेमा जोड दिएका थिए ।

    images
    images

    तालिमको सहजीकरण अधिवक्ता तथा देवदह नगरपालिकाको कानुनी सल्लाहकार डासिराम पाण्डे र अधिवक्ता हेमा न्यौपानेले गरेका थिए ।

    कार्यक्रम देवदह नगरपालिकाको उप-प्रमुख तथा न्यायीक समिति संयोजक विद्यालक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समितिका सदस्य देवीप्रसाद न्यौपानेको स्वागत र मिना भुसालको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देहीको देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।