देवदह । रुपन्देहीको देवदहमा विभिन्न चार व्यवसायिक संघ संस्थाले सामुहिक रुपमा होली मिलन कार्यक्रम तथा फागुपुर्णिमा मनाएका छन् । देवदह उद्योग बाणिज्य संघको आयोजना तथा समन्वयमा देवदहको पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरेर फागु पुर्णिमा पर्व मनाएका हुन् ।
देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको समन्वयमा भएको कार्यक्रममा सुनवल उद्योग बाणिज्य संघ, वर्दघाट उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य संघ नवलपरासीको सहभागितामा होली मिलन कार्यक्रम गरिएको देवदह बाणिज्यका अध्यक्ष हरि भण्डारीले जानकारी दिए ।
देवदहमा रहेको एतिहासिक पाकरी वृक्षको प्रचारप्रसारसँगै ब्यवसायिक संस्थाविचको आपसि सद्भाव कायम गर्न पाकरी वृक्षमा होली मिलन कार्यक्रम गरिएको भण्डारीले बताए । होली मिलन कार्यक्रममा सुनवल बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, वर्दघाट बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,संस्थाका सल्लाहकार तथा देवदह नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मोहन जिसी, संघका सल्लाहकार बासु रिमाल, प्रमोद खनाल, संघका वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठ, महासचिव विष्णु न्यौपाने, एक्सपर्ट एजुकेशनल कन्सल्टेन्सीका बुटवल प्रमुख रोशन कण्डेल लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology