Logo

२०८३, आश्विन ९गते


images
images

फेवा तालको ताल बाराही मन्दिरमा क्षमा पुजा

फेवा तालको ताल बाराही मन्दिरमा क्षमा पुजा

images
  • फेवा तालको ताल बाराही मन्दिरमा क्षमा पुजा
    फाईल फोटो: तालबाराही मन्दिर
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ ।

    images
    images
    images

    सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो ।

    images
    images
    images

    तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघंबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उदेश्यले पुजा गरिएको पंन्डित बिश्वेश्वर पोडेलले बताए । आउँदो १७ गते देखि मन्दिरमा स्थापित प्रतिमुर्तिमा भक्तजनहरुले पुर्जा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाध्यक्ष जुना अधिकारीले बताइन् ।

    images
    images
    images

    मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पचिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाए ।

    उनले यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्तिरको पुननिर्माण जुटने जानकारी समेत गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।