Logo

२०८३, आश्विन ९गते


images
images

अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागी, भीषण रूप लिने सम्भावना

अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागी, भीषण रूप लिने सम्भावना

images
  • अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागी, भीषण रूप लिने सम्भावना
    images
    images

    एजेन्सी ।  अस्ट्रेलियाको जङ्गलमा पुनः आगलागीका घटना सार्वजनिक भएका छन् । अस्ट्रेलियाको दमकल विभागले पूर्वी तटसँग जोडिएको जङ्गलमा दर्जन बढी स्थानमा भएको आगलागी लुका कारण भीषण रूपमा लिन सक्ने भन्दै चेतावनी दिएको छ ।

    images
    images
    images

    सिड्नीभन्दा २५० किलोमिटर टाढा उत्तर पश्चिममा भएको आगलागीका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक ‘इमर्जेन्सी फायर वार्निङ’ जारी गरिएको छ। जानकारीका अनुसार दमकलकर्मीले ४९ फिट अग्लो आगोको लप्कासँग जुध्नु परिरहेको छ ।

    images
    images
    images

    लु र आगलागीको सबैभन्दा बढी असर अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तमा परेको छ। अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको यो इलाकामा मानिसहरूलाई आ–आफ्नो घर खाली गर्न भनिएको छ र केही सम्पत्तिमा क्षति पुगेको पनि खबर छ ।

    images
    images
    images

    सोमबार राज्यका केही इलाकामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ जुन जनवरी २०२१ पछि उच्च हो । 

    मङ्गलवार राज्यमा ३३ स्थानमा आगलागीको खबर छ जसमध्ये १० स्थानमा आगलागी नियन्त्रणमा छैन ।

    न्यु साउथ वेल्सको दमकल विभागले तेज हावाका कारण आगो थप फैलिएको छ । 

    अस्ट्रेलियाको मौसम विभागले पनि न्यु साउथ वेल्समा थुप्रै स्थानमा आगलागी हुनसक्ने चेतावनी दिएको छ ।

    अस्ट्रेलियाका लागि सन् २०१९ सबैभन्दा खराब मौसम भएको वर्ष रह्यो जसमा करिब ३ अर्ब जनावर पक्षी जङ्गलमा आगलागीका कारण मारिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।