Logo

२०८३, आश्विन १०गते


images
images

माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

images
  • माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो
    images
    images

    काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

    images
    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले हुने १९ लाख २१ हजार ५६८ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दाहरुका लागि निष्कासन खुला गरेको हो ।

    images
    images
    images

    यस्तै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको१ लाख ५२ हजार ९४१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी वैदेशीक रोजगारीमा रहेको नेपालीको लागि निष्कासन खुला भएको कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

    images
    images
    images

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १० हजार कित्ताका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा ९ चैत र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २४ चैतसम्म थप हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने ९ चैतभित्र आवेदन दिन सकिनेछ ।

    कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित जिल्लाका स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यस्तै प्रभु क्यापिटलले तयार पारेको अनलाईन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

    कम्पनीले ३ मेगावाटको क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको सञ्चालन गरिरहेको छ । आयोजनको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको आह्वानपत्रमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माइखोला हाइड्रोपावर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।