Logo

२०८३, आश्विन १०गते


images
images

सर्वसाधारणलाई माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

सर्वसाधारणलाई माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

images
  • सर्वसाधारणलाई माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो
    images
    images

    काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात ८ वैशाख शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

    images
    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर अयाोजना प्रभवित क्षेत्रका स्थानीयलाई निष्कासन गरिसकेको छ । यस्तै जारी पूँजीको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबको १५ लाख २९ हजार ४११ कित्ता सेयर अन्य सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये ७६ हजार ४७९ कित्ता सेयर सामूहिक लगानी कोषका र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

    images
    images
    images

    कम्पनीको आईपीओमा छिटोमा १२ वैशाख र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २४ वैशाखसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

    images
    images
    images

    कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरको सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आईआर इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माइखोला हाइड्रोपावर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।