Logo

२०८३, कार्तिक २८गते


images
images

अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीको भेला सम्पन्न, दिपिका शर्माको नेतृत्वमा नयाँ समिति चयन

अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीको भेला सम्पन्न, दिपिका शर्माको नेतृत्वमा नयाँ समिति चयन

images
  • अनेमसंघ (क्रान्तिकारी) रुपन्देहीको भेला सम्पन्न, दिपिका शर्माको नेतृत्वमा नयाँ समिति चयन
    images

    अम्बिका परियार, बुटवल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ । बिहिबार सहिद स्मृति प्रतिष्ठान बुटवलको सभाहलमा आयोजित भेलाले दिपिका शर्माको संयोजत्वमा ५३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको सहसंयोजक राधा पौडेल, सचिवा धन कुमारी चौधरी लगायत रहेका छन् ।

    images
    images
    images

    भेलामा बोल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज दामा शर्माले महिलाहरु परिवर्तनका संवाहक भएको बताईन । नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा महिलाहरुको प्रमुख भुमिका भएता पनि राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई अझै स्विकार गर्न नसकेको भन्दै संविधानले दिएको अधिकारलाई कायान्वयन गर्ने निकाय नै मौन र फितलो भएको जीकिर गरिन । पछिल्लो समय महिलाहरुलाई हरेक निकायमा उपमा मात्र सिमीत बनाएको भन्दै शर्माले हरेक निकायमा महिलाको समान सहभागिताका लागि सरकारले प्याकेजमा कार्यक्रम ल्याई कार्यान्वयन गर्नुपर्ने बताईन । त्यस्तै आर्थिक रुपमा आत्मनिर्भर बन्न महिलाहरुले उत्पादनमुलक काममा बिशेष प्राथमिकता दिई स्वरोजगार बन्न आग्रह समेत गरिन ।

    images
    images
    images

    त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले महिलाहरु, दलित , जनजाति,मधेशी र सिमान्तकृतलाई अधिकार सम्पन्न ग¥र्याउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । माओवादी जनयुद्ध र ०६२÷०६३ सालको जनआन्दोलनको उपलब्धीकै कारण बषौं देखि पछाडि पारिएकाहरुको हितमा संबिद्यान रहेको भन्दै राज्यका हरेक निकायमा महिलाको सहभागिता सुरक्षित रहेको बताए ।

    images
    images

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक नारायण जि।सी।,रिज्जु श्रेष्ठ,सुजित बि।क,मिन प्रसाद ज्ञवाली,दीपा बिक लगाएतको उपस्थिती रहेको थियो ।

    कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीका संयोजक टिका वलीको अध्यक्षता तथा कुमारी घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।