Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरपालिका र एडिबीबीच १५ परियोजनामा सम्झौता

पोखरा महानगरपालिका र एडिबीबीच १५ परियोजनामा सम्झौता

images
  • पोखरा महानगरपालिका र एडिबीबीच १५ परियोजनामा सम्झौता
    images
    images

    राजेश  पराजुली, पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन विकासका लागि एशियाली विकास बैङ्क (एडिबीले) चासो देखाएको छ । पोखराको दिगो पर्यटन विकासका लागि एडिबीले पूर्वाधार निर्माणमा आर्थिक र प्राविधिक सहायता उपलव्ध गराउने भएको हो ।

    images
    images
    images

    पोखरा महानगरपालिका र एडिबीबीच पोखराको दिगो पर्यटन विकासका लागि विभिन्न १५ वटा परियोजना निर्माण र कार्यान्वयन सम्झौता भएको छ । पोखराको पर्यटन विकासलाई दिगो बनाउने दीर्घकालीन योजना अनुसार परियोजना कार्यान्वयनका लागि एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने छ ।

    images
    images
    images

    आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठूलो लागत रकमका परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । छनोट भएका परियोजनाहरु कति बजेट खर्च लाग्ने यकिन भएको छैन । महानगरले परियोजनाको कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने जनाएको छ 

    images
    images
    images

    महानगर प्रमुख आचार्यले भने, “गुणस्तरीय पर्यटन विकास महानगरपालिकाको प्राथमिकतामा छ । त्यसका लागि विभिन्न दातृ निकायहरुको साथ र सहयोगले यसलाई मुर्त रुप दिने काम काम भइरहेकामा एडिबीसँगको सम्झौताले पर्यटन विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएका छौँ ।”

    पर्यटन विकासका लागि द्धिपक्षीय सम्झौता भएका परियोजनाहरुमा फिर्के खोला करिडोर विकास परियोजना, सेती खोँच केआइसिँह पुलको विकास, बोटानिकल गार्डेन निर्माण, पञ्चासे पर्यापर्यटनको विकास, सराङकोट एडभेञ्जर हिल, पोखरा प्रवेश उद्यान र लेकसाइड र मुख्य शहरी क्षेत्रको ट्राफिक सुधार छन् ।

    यसैगरी धार्मिक महत्व बोकेको विन्ध्यवासिनी मन्दिर क्षेत्रको सडक विकास,विद्युतीय गाडीको पूर्वाधार विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखी पर्यटकीय क्षेत्र लेकसाइडसम्म द्रूतमार्ग, फेवाताल अर्गानिक ट्रेल, हरियाली पोखरा अभियान, तालहरु जोड्न गरी साइकल बाटो निर्माण, बेगनास र रुपाताल तथा बेगनास ताल र फेवाताल जोड्ने उच्च गतिको कनेक्टीभिटि निर्माणको सम्झौता भएको हो ।

    महानगरले एशियाली विकास बैङ्कसँग सम्झौता भएका परियोजनाहरु कार्यान्वयनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने जनाएको छ । सम्झौता भएका परियोजनाहरुको सफल कार्यान्वयनपछि पोखराको समग्र क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने बताइन्छ ।

    समुन्नत महानगर र सवल अर्थतन्त्रको विकासमा यस्ता परियोजनाहरु सहयोगी सिद्ध हुने विश्वास रहेको महानगर प्रमुख आचार्यले बताए । एशियाली विकास बैङ्कले यसअघि पनि यहाँको सडक लगायतका पूर्वाधार विकासमा सहयोग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।