गुल्मी । धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बिनियोजित बजेट तथा नीति कार्यक्रम र सेबा प्रवाह सम्बन्धमा बुधबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष बीर बहादुर कुवर जोगीले जानकारी दिए।
कार्यक्रममा वडा तथा गाउँपालिकाबाट हुने सेवा प्रवाह तथा सम्पूर्ण विकास निर्माण कार्यका सम्बन्धमा वडाबासी जनताले आफ्ना गुनासा तथा सुझाब प्रस्तुत गरेका थिए भने उठेका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिकाको तर्फबाट उपाध्यक्ष सिता गिरी र वडाको तर्फबाट वडा अध्यक्ष वीर बहादुर कुवर जोगीले दिएका थिए।

त्यसैगरी वडा सचिब अशोक खनाल प्रधानमन्त्री रोजगार प्राबिधिक प्रभास घर्ती मगर, कृषि प्राबिधिक सीता खनाल , पान्चायन माबिका प्रअ कृष्ण चन्द्र पन्थी, स्वास्थ चौकिका अध्यक्ष केशब पोखरेल लगायतले आफु आवद्ध संस्थामाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए।
कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधी, वडामा क्रियाशील राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सर्वसाधारण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
डिजिटल पत्रिका सेतोमसीको सहजीकरणमा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार बासुदेव पोखरेलले गरेका थिए भने व्यवस्थापन सुशील खनालले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology