Logo

२०८३, कार्तिक २८गते


images
images

ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images
  • ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    images

    गुल्मी । ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम बिद्यालयको सभाहलमा सम्पन्न गरेको छ ।

    images
    images
    images

    शिक्षक,बिध्यार्थी,अभिभावक, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अन्य ७ वटा प्राथमिक बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिच सार्वजनिक सुनुवाई गरिएको थियो ।

    images
    images
    images

    सहभागीले शिकाई उपलब्धी बृद्धी,माबि दरबन्धीका शिक्षक आवश्यक रहेको, बिद्यालयले बस सेवा संचालन गर्नु पर्ने,कक्षा कोठा ब्यवस्थित गर्नु पर्ने, शैक्षिक सुधारको लागि लिडर बिद्यालयले पहल गर्नु पर्ने सुझाब दिएका थिए ।

    images
    images

    दिवा खाजाको रकम थोरै भएको ,पाठ्य पुस्तक समयमा उपलब्ध नभएको, बिपन्न परिवारका बिध्यार्थी लाई आवस्यक शैक्षिक सामाग्री नभएको बिषयमा गुनासो ब्यक्त गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बिद्यालय समायोजन कार्यक्रम भई रहेकोले दरबन्धी मिलान गर्दै, माबि दरबन्धीका शिक्षकको ब्यवस्था गर्ने बताए। उनले शैक्षिक सुधारको लागि आवस्यक बातावरण घर परिवाले पनि बनाई दिनु पर्ने, शैक्षिक सुधारको लागि सम्पूर्ण काम गर्न गाउँपालिका सधै तयार रहेको बताउँदै   शिक्षक,बिध्यार्थी र अभिभावकको समन्वय बाट शिकाई उपलब्धी बृद्धी हुने बताए । सम्बन्धीत सबै जिम्मेवार भएर लागेमा राम्रो नतिजा ल्यउन गह्रो नहुने बिश्वास ब्यक्त गरे ।

    सामाजिक विकास समितिका सँयोजक समेत रहनुभएका रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले सार्वजनिक सुनुवाई मार्फत विध्यालयका गतिविधि सर्वसाधारण सम्म पुर्याउने र गुनासा र सुझाव सँकलन गर्देै कमि कमजोरी सुधार्न सार्वजनिक सुनुवाई अत्यन्तै प्रभावकारी भएको बताए ।

    वडा नं. ४ बलेटक्सारका वडाध्यक्ष मोती प्रसाद श्रेष्ठले, गाउँपालिका र वडा संग सम्बन्धीत उठेका प्रश्न र सुझाबलाई कार्यपालिकामा छलफल गर्ने धारणा राखे ।

    प्रधानाध्यपक नारायण प्रसाद ज्ञवालीले बिद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै क्रमश शैक्षिक उपलब्धी बढ्दै गएको, अभिभावकले बिद्यालयका प्रत्येक गतिबिधीमा सक्रिय सहभागिता राख्न ,आग्रह गर्दै अफुलाई दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै  उनले  शैक्षिक र बिद्यालयका बिषयमा उठेका प्रश्नको जवाफ दिए ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तोयनाराण ज्ञवालीले प्रश्नको जवाफ दिदै , २/२ महिनामा बिद्यालय ब्यवस्थापन समिति र शिक्षकहरु बिच निरन्तर अन्तरक्रिया गर्नेे , बिद्यालय ब्यवस्थापन समितिबाट गर्न सकिने सबै काम तुरुन्तै गरिने र समितिको कार्यक्षेत्र भन्दा बाहिरका बिषयमा शिक्षा शाखा संगको समन्वयमा पालिकाबाटै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।

    सार्वजनिक सुनुवाईमा सहभागिहरु शेभाकर शर्मा, नरायण प्रसद ज्ञवाली, कमला बि क, मन्जु ज्ञवाली, तुलसी अधिकारी, माया ज्ञवाली, कुल प्रसाद ज्ञवाली, रुपा गौतम र बिध्यर्थीहरुले सुझाब र जिज्ञासा राखेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।