Logo

२०८३, श्रावण ३०गते


images
images

कीर्तिपुरका उपप्रमुख शाक्यसहितको टोली पोखरामा

कीर्तिपुरका उपप्रमुख शाक्यसहितको टोली पोखरामा

images
  • कीर्तिपुरका उपप्रमुख शाक्यसहितको टोली पोखरामा
    images
    images

    राजेश पराजुली, पोखरा | पोखरा कीर्तिपुरबाट आएको नगरपालिको न्यायिक समितिले पोखरा महानगरपालिकाको न्यायिक समितिसँग भेट गर्दै न्याय सम्पादनबारे अनुभव आदान–प्रदान गरेको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसँग कीर्तिपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक शुभलक्ष्मी शाक्य बीच भएको भेटमा दुवैतर्फ न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल भएको थियो ।

    images
    images
    images

    भेटमा पोखरा महानगरकी उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्था लगायत महानगरका विषयमा जानकारी गराएकी थिइन् । पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गा किचलो, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको, साँध सीमाना मिचेको लगायतका विवाद बढि आउने गरेको उनले बताइन् ।

    images
    images
    images

    उनले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सुचिकृत लगायतका बारेमा जानकारी गराएकी थिइन् । कीर्तिपुर नगरपालिकाका उपप्रमुख शाक्यले कीर्तिपुरमा १० वटा वडा रहेको भन्दै न्यायिक समितिमा आउने विवाद १ देखि ३ महिनाभित्र टुङ्ग्याउने गरेको बताइन् ।

    कीर्तिपुरमा विवादको संख्या कम रहेको र मेलमिलापमार्फत विवाद समाधानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मिलाउन नसक्ने विवाद अदालत पठाउने गरेको जानकारी दिइन् ।

    पोखरा आएको टोलीमा कीर्तिपुर नगरपालिका न्यायिक समिति ज्ञानेश्वर महर्जन, सदस्य शर्मिला श्रेष्ठ महर्जन, नगरपालिका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जन, निजी सचिवद्धय केशव मर्हजन र नानी महर्जन छन् । 

    भेटमा पोखरा महानगर न्यायिक समितिका सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणि अधिकारी सहभागी थिए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।