रामचन्द्र तिम्सिना, नुवाकोट । जिल्लाको उत्तरी भागमा अवस्थित एउटा छुट्टै पहिचान बोकेको म्यागङ ४ किम्ताङमा यो बर्षको धान खेती धमाधम शुरु भएको छ।
सेतोमसीसंगको कुराकानीका क्रममा "किम्ताङ नाम्सा" गितका गायक छेकु दोर्जे तामाङ र लालबहादुर तामाङले जानकारी दिए अनुसार कोदो रोपाइँ पनि शुरु भएको छ । 
जिल्ला भर किम्ताङ आलुको नामले प्रशिद्व छ। त्यसैमा पनि हिजोआज यहाँ चिया खेती, ट्राउट माछा र किम्बु खेती पनि फस्टाउँदो रूपमा रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology