Logo

२०८३, आश्विन ११गते


images
images

किसानका दुःख

बँदेल आतंकले देवदह क्षेत्रका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

बँदेल आतंकले देवदह क्षेत्रका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

images
  • बँदेल आतंकले देवदह क्षेत्रका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
    images
    images

    रेशम अधिकारी, रुपन्देही। रुपन्देहीको विभिन्न ठाउँमा किसानहरुले लगाएको मकैबाली जंगली बदेलले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। मकैबाली भित्र्याउने समयमा जंगली बदेलले मकैबाली नष्ट गर्दा उत्पादन शुन्य हुने सम्भावाना बढेको देवदहका बालन्द न्यौपानेले बताए । 

    images
    images
    images

    `२० कट्ठामा लगाएको मकैको दुइ कठ्ठा बदेलले नस्ट गरेको छ दुख गरि बाली लगायो बदेलले सखाप पर्छ मिहिनेत र लगानी खेरा गएको छ´ न्यौपानेले दुखेसो पोखे ।

    images
    images
    images

    खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरिएको भएपनि बथानमा आउने जंगललि बदेलले मकैबाली नष्ट गर्ने गरेको जिल्लाका किसानले बताएका छ्न्। बादर र बदेलले बर्षेनी खेतीमा क्षती गर्ने भएकोले खेतिबालीतर्फ किसानको आकर्षण घट्दै गएको समेत उनोहरूले चिन्ता व्यक्त गरेका छन ।

    images
    images
    images

    जिल्लाको देवदह, सुनवल क्षेत्रका विभिन्न स्थानमा पनि जंगली जनावरहरुले तरकारी र मकैबाली नष्ट गर्दा किसानहरु मार्कामा परेका छन् । बदेल, बादर, दुम्सी, लगायतका जंगली जनावरहरुले मकैबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । यस्तै सुनवल नगरपालिका वडा नं ७ का विभिन्न स्थानमा पनि जंगली बदेलले मकैबाली नष्ट गरेको स्थानीय माया अधिकारीले जानकारी दिइन् । मकै बचाउन टहरा बनाएर किसानहरुले पहरा दिने गरेको समेत उनले बताइन् । 

    मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पछिल्लो समयमा जंगली जनावरहरुले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ । मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भएपनि किसानहरुले भने क्षतिपूर्ती पाउने गरेका छैनन् । देवदह नगरपालिका कृषि शाखा अनुसार जंगली जनावरहरुले बाली नष्ट गरेपनि नगरपालिकाको तर्फबाट क्षतिपूर्ती पाउने त्यस्तो कुनै कार्यक्रम नै बनेको छैन । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बँदेल आतंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।