काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर १ हजार ९ सय १५ दशमलव १४ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९० अङ्कले ओरालो लागेर ३ सय ६१ दशमलब ०१ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता शेयर १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय दुई रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आजको कारोबारमा कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८ सय ६८ रुपैयाँबराबरको कारोबार भएको छ । साथै, सिद्धार्थ बैंकको ८ करोड ३५ लाख ७१ हजार ९ सय ३३, हिमालयन डिस्टिलरीको ४ करोड ४५ लाख ६३ हजार ४ सय ७७, नबिल बैंकको ३ करोड ८४ लाख ६९ हजार २ सय ३८ र शिवम् सिमेन्टको ३ करोड ७१ लाख ३९ हजार ६ सय ३२ रुपैयाँबराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रोपावर ९ दशमलव ९७, सिद्धार्थ बैंक ८ दशमलव ३४, बोटलर्स नेपाल तराई ५ दशमलव २१ र लिवर्टी इनर्जीकोे ४ दशमलव २६ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यस्तै, युनिक नेपाल लघुवित्त ७ दशमलव ४६, सिर्जनशील लघुवित्त ६ दशमलव ८३, खप्तड लघुवित्त ६ दशमलब शून्य २, शुभम् पावर ५ दशमलव ७४ र एनआईसी एशिया बैंकको शेयरमूल्य ५ दशमलव १२ प्रतिशतले घटेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology