Logo

२०८३, आश्विन १०गते


images
images

शेयरबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, उच्च अंकले बढ्यो नेप्से परिसूचक

शेयरबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, उच्च अंकले बढ्यो नेप्से परिसूचक

images
  • शेयरबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, उच्च अंकले बढ्यो नेप्से परिसूचक
    images
    images

    काठमाडौं । मौद्रिक नीति २०८०/८१ लाई सेयर बजारले न्यानो स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो ।

    images
    images
    images

    साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ । आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेयरबजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।