Logo

२०८३, आश्विन ९गते


images
images

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डद्धारा घोषणा

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डद्धारा घोषणा

images
  • पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डद्धारा घोषणा
    images
    images

    काठ्माण्डौं  । पत्रकार र सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।

    images
    images
    images

    विहीबार सामुदायिक रेडियो सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराबको १७ औं साधारणसभालाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले सम्पूर्ण पत्रकारहरुको बिमा, साना लगानीमा सञ्चालित र मोफसलका सञ्चारमाध्यमको सञ्चालन तथा स्थायित्वका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने स्पष्ट पारेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्धनको नीति लिँदै आम सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समवेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images
    images

    त्यस्तै उनले सामुदायिक रेडियोले नागरिकलाई लोकतन्त्रबारे सुसुचित हुन पाउने अधिकारको सुनिश्चितत गर्न अतुलनीय भूमिका निर्वाह गरेको समेत बताए । नागरिक सशक्तिकरण, विधीको शासन, मानवअधिकार, समावेशिकरण सामाजिक जागरण र रुपान्तरणमार्फत सभ्य समाज निर्माणका लागि खेलेको भूमिको उच्च मूल्यांकन गर्दै सामुदायिक रेडियोका समस्या समाधान गर्न र हातेमालै गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकारिता विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।