कृष्ण अन्जान,गुल्मी । नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे वडा कमिटीकाे अध्यक्षमा माधव ज्ञवाली सर्वसम्मत रुपमा छानिएका छन ।
मिसन ग्रासरुट अभियानकै क्रममा शनिवार भएकाे विशेष वडा अधिवेशनले ज्ञवालीकाे अध्यक्षतामा सत्ताईस सदस्यीय वडा कमिटी सर्वसम्मत भएकाे हाे ।
कमिटीको उपाध्यक्ष ,सचिव र सहसचिव द्वयमा क्रमशः माया खनाल ,चिरन्जिवि ज्ञवाली ,घनस्याम ज्ञवाली र पदम थापा रहेका छन ।
यसैगरी कमिटीकाे सदस्यमा शिव ज्ञवाली ,मुमेश्वर ज्ञवाली ,बिष्णु ज्ञवाली ,राजु चौहान ,विवेक थापा ,शाेभित थापा ,कमला भण्डारी ,कृष्ण प्रसाद ज्ञवाली ,धन बहादुर विक ,उजिर खान ,चाम बहादुर गाहा ,दिपक ज्ञवाली ,कमल ज्ञवाली सीता ज्ञवाली ,सिर्जना सुनार ,बाबुराम ज्ञवाली रहेका छन ।
स्थानीय निकायकाे निर्वाचनमा निर्वाचित भईसकेपछि पार्टीका पुर्व अध्यक्ष नवराज विक र उपाध्यक्ष लक्ष्मी भट्टराईले वडाको विकास निर्माणमा खट्नु पर्ने भएकाे जनाएपछि विशेष अधिवेशनकाे आयाेजना गरिएकाे थियाे ।
अधिवेशनकाे नेकपा एमाले पाेलिटव्युराे सदस्य ठाकुर गैरेले उदघाटन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology