दाङ (राप्ती उपत्यका ) । बाग्मती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक नेतृत्वको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसंग भेटघाट गरेको छ। सोमबार सभामुख पाठक सहित उप सभामुख अप्सरा चापागाईं खत्री, सचीव कृष्णहरि खड्का लगायतको टोलीले लुम्बिनी प्रदेश सभा भवनको अवलोकन गर्नुका साथै भेटबार्ता गरेका हुन् ।
अन्तर प्रदेश अवलोकन भ्रमणमा रहेका भएको बाग्मती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको टोलीलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, उप सभामुख मेनुका खाड केसी, सचीव दुर्लभ पुन मगरले लुम्बिनीमा स्वागत गरेको लुम्बिनी प्रदेश सभामुखका प्रेस संयोजक रुद्रहरी कुँवरले जानकारी दिए।
भेटमा बागमती प्रदेशका सभामुख पाठकले लुम्बिनी प्रदेशले नयाँ स्थानमा पनि राम्रोसंग राजधानी ब्यवस्थापन गर्न सफल भएको बताएका थिए । भेटमा उनले भने - "सभाको संरचना सोचे भन्दा राम्रो भएछ । यो हाम्रो प्रदेशले पनि सिक्नयोग्य छ ।"
सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले कानुन निर्माण र सभाको कार्य सम्पादनमा अन्तर प्रदेश भ्रमणले टेवा पुर्याउने बिश्वास व्यक्त गर्दै संघीयता कार्यान्वयनको सन्दर्भमा संघमा सोच मै सँकुचित भएको गुनासो गरे। संघीयता कार्यान्वयनमा प्रदेशले पहल कदमी लिन आवस्यक रहेको उनको भनाई छ।
भेटमा बाग्मती प्रदेशका सभामुख पाठकले लुम्बिनी प्रदेशका सभामुख, उपसभामुखलाई भ्रमणको लागी औपचारिक निम्तो दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology