Logo

२०८३, आश्विन ९गते


images
images

पवित्र रुरुधाममा पुर्व प्रधानमन्त्री ओली

पवित्र रुरुधाममा पुर्व प्रधानमन्त्री ओली

images
  • सेतोमसी सहकर्मी
  • पवित्र रुरुधाममा पुर्व प्रधानमन्त्री ओली
    images
    images

    कृष्ण अन्जान,रुरुधाम । बिहानै देखि रुरुधाममा मँगलबार चहल पहल छ । रिडीबजार क्षेत्रका घरघरमा तामाका गाग्रीहरुमा जल सहित फूलले सजाईएकाे छ ।रुरुधाम वरिपरिका जन समुदाय र सर्वसाधारण हरु बजार क्षेत्रमा झरेका छन । स्थानीय एमाले कार्यकर्ताहरु कार्यक्रम व्यवस्थित बनाउन व्यस्त छन । 

    images
    images
    images


    प्रहरी प्रशासन बजार क्षेत्रमा बाक्लै खटिएका छन ।एघार बज्दा नबज्दै दर्जन भन्दा गाडिहरु बजार क्षेत्रमा प्रवेश गर्छन ।रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे वडा कार्यलय देखि रिडी ,च्यूरेक ,भट्कुवा ,ग्वादी ,  स्याङ्जाकाे कालीगण्डकी ,पाल्पाको अर्गली क्षेत्रका सयौं सर्वसाधारण ,विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,एमालेका जिल्ला तथा स्थानीय नेताहरु हातमा फुल माला लिएर रिडीबजारमा पुगेका नेकपा एमालेका अध्यक्ष र पुर्व प्रधानमन्त्री मन्त्री खड्ग प्रसाद शर्मा ओलीकाे  भव्य स्वागत गर्छन ।received_243940671427772.jpeg

    images
    images
    images

    मिसन ग्रास रुट कार्यक्रम अन्तरगत गुल्मीमा आएका ओली साेमबार सदरमुकाम तम्घासमा बृहत कार्यकर्ता भेला सकेपछि मँगलबार रिडीबजार आएका हुन । एमाले अध्यक्ष ओलीलाई एसियाकै तीन मुखे पुलमा तीन तिरबाट तीन जिल्लाका सर्वसाधारण तथा पार्टी कार्यकर्ताहरुले स्वागत अभिनन्दन गरेका छन । रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष नवराज विकले स्वागत सँगै रुरुधामकाे समग्र विकासका लागि लिखित निवेदन समेत ओलीलाई बुझाएका छन भने स्याङ्जाको कालीगण्डकी गाउँ पालिका उपध्यक्ष सावित्री काेईराला ,पाल्पाको तानसेन  नगरपालिका वडा न १४ का वडाध्यक्ष शाेभाखर भट्टराईले तिनमुखे पुलमै एमाले नेता ओलीलाई स्वागत गरेका थिए ।

    images
    images
    images


    पुर्व प्रधानमन्त्री ओलीले मँगलबार तिनमुखे पुलकाे अवलाेकन गरेका छन भने रुरुधामकाे पवित्र धार्मीक  हृषिकेश मन्दिरमा र मन्दिर परिशरमा रहेका अन्य मठमन्दिरकाे समेत दर्शन अवलाेकन गरेका छन ।
    ओली सँगै उनकी धर्मपत्नी राधिका शाक्य ,एमाले उपमहासचिव प्रदिप ज्ञवाली ,एमाले सचिव छविलाल विश्वकर्मा ,एमाले पाेलिटव्यूराे सदस्य ठाकुर गैरे लगाएत एमाले नेताहरु सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।