काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकबाट आफ्नो नाम हटाउन सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै मन्त्रालयले निर्देशन उल्लंघन गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । निजी क्लिनिकहरूमा सरकारी चिकित्सकले काम गरिरहेको विभिन्न सञ्चारमाध्यबाट समाचार आइरहेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ ।
‘विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम निजको स्वीकृति/सहमति वा सहमति वेगर नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको भन्ने विषय विभिन्न सञ्चार माध्यमहरुबाट आइरहेको विषयका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयले भनेको छ’ ‘यसर्थ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ मा भएको चिकित्सकको आचारसंहिताको उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैरव्यावसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरूको लागि सूचित गरिन्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology