देवदह । 'सहकारीको दियोपना, स्वनियम र सुशासन' भन्ने नाराका साथ राष्ट्रिय सहकारी दिवस २०७९ रुपन्देहीको देवदहमा मनाईएको छ। एक औपचारिक समारोह आयोजना गरि जिल्लामा क्रियाशील विभिन्न सहकारी संस्थाहरूले एकै मन्चबाट ६६ औं सहकारी दिवस मनाएका हुन।
मुल समारोहलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले सहकारीले उद्देश्य अनुरुप काम गर्नुपर्ने बताए। 'सुखी नेपाली समृद्द नेपाल'को नारालाई सार्थकता तुल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताउंदै नगरप्रमुख खरेलले सहकारीले उद्यमशिलतामा आधारित रहेर लगानी दिनुपर्नेमा जोड दिए । देवदह नगरपालिकाले पालिकाभित्र उद्यम गर्न चाहने युवालाई लक्षित गरि ५० लाख बजेट बिनियोजन गरेको र सहकारीसंग मिलेर नगरको अर्थतन्त्र बलियो बनाउन सहुलियत रुपमा लगानी गरिने उनको भनाई छ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका संचालक सन्दिप सापकोटा, लुम्बिनी विशिस्टकृत सहकारी संघ लिमिटेडका अध्यक्ष डा खगराज शर्मा, लुम्बिनी दुग्ध उत्पादन सहकारी संघका सदस्य हरि प्रसाद काफ्ले, लुम्बिनिनी प्रदेश बचत तथा सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपाल, राम प्रसाद रेग्मी, गणेश भट्टराई, भगवती बश्याल लगायतले बोल्दै समुदायमा आधारित रहेर संचालनमा आएको सहकारीमा कुनै समस्या नहारेको बताए।
कारोबारी सदस्य बनाएर ब्याजको प्रलोभन देखाई संचालनमा आएका केहि टुरिस्ट सहकारीको कारण वास्तविक सहकारी बदनाम भएको बताउंदै उनीहरूले देशभर रहेका २९ हजार सहकारीमा एक करोड भन्दा बढी सदस्य रहेको र हजारौले रोजगारको अवसर पाएको साथै देशको अर्थतन्त्रको मेरुदण्ड समेत भएको बताए ।
साथै ६६ औं सहकारी स्थापना दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले प्रकाशन गरेको बुलेटिन सहकारी दर्पण, बिभिन्न सहकारी संस्थाले निकालेको भित्तेपात्रो बिमोचन तथा सामाजिक कार्य गर्ने उत्कृस्ट सहकारीलाई सम्मान समेटी गरिएको थियो। कार्यक्रम सहकारीको स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र उत्कृस्ट र नियमित बचत गर्ने बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता, रुपन्देही बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्त ढकालको स्वागत र जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका महिला उपाध्यक्ष तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहका अध्यक्ष टिका न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology