राजेश पराजुली, पोखरा । पोखरा नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ ।
सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा–१९ बाटुलेचौरबाट शुक्रबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार ढकाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको र सोहीबमोजिम अनुसन्धान कार्य थालिएको उपरीक्षक रायले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology